१३ बैशाख २०८१, बिहीबार

करेन्ट लागेर कञ्चनपुरमा युवकको मृत्यु

IMG 20210605 17434116228946782021 06 05 07 33 27

कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शनिबार दिउँसो जिल्लाको बेलौरी नगरपालिका–३ गोकुलपुर बजार बस्ने २५ वर्षीय सन्तोष चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै घरमा रहेको पसलमाथि लगाइएको पुरानो होडिङ बोर्ड निकालेर छतबाट तल फाल्ने क्रममा विद्युतको मूल लाइनमा छोइदा करेन्ट लागेर उनी घाइते भएका थिए।

घाइते भएका चौधरीको उपचारका लागि बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।