१४ बैशाख २०८१, शुक्रबार

रघुवीर महासेठ दम्पती जो पालैपालो मन्त्री भए!

mahaseth 20210605092536

श्रीमान श्रीमती पालैपालो मन्त्री भए, भन्दा तपाईलाई विश्वास नलाग्न सक्ला तर यो सत्य हो । केपी शर्मा ओलीको मन्त्रिपरिषदमा रघुवीर महासेठ दम्पती पालैपालो मन्त्री भएका छन् ।

वि.सं. २०७४ चैत २ गते भएको मन्त्रिपरिषद् विस्तारमा रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्री भए । त्यसपछि २०७७ पुस १० गतेको मन्त्रिमण्डल हेरफेरमा उनी बाहिरिए । त्यतिबेला उनले २० महिना मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि गत वर्षको पुषमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै मन्त्रिपरिषदमा रहेका पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका मन्त्रीहरूले राजीनामा दिए ।

दाहाल–नेपाल समूहका रहेकी महासेठकी श्रीमती जुलीकुमारी महतो महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएपछि ओली समूहमा फर्किएकी छन् ।

फेरि प्रधानमन्त्री ओलीले भर्खरै मन्त्रिपरिषद् पुनर्गठन गर्ने क्रममा महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन्, भने उनकी श्रीमती जुलीकुमारी बाहिरिने भएकी छन् । यसरी महासेठ दम्पती पालैपालो मन्त्री भएका छन् ।