४ बैशाख २०८१, मंगलवार

विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्दै, स्वास्थ्यमन्त्रीमा शेरबहादुर तामाङ, ईश्वर पोखरेल बाहिरिए

ishowr pokhrel
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषदबाट बाहिरिने भएका छन् । आज शुक्रबार भएको मन्तिपरिषद् विस्तारमा उनी नदोहोरिने भएका हुन् ।

पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।

पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ। त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।