१३ बैशाख २०८१, बिहीबार

८४ वर्षीय बृद्ध बलात्कार आरोपमा पक्राउ, ७ वर्ष बढी जेल सजाय

192734738 899941164197917 8798215203449722647 n1622718513

दाङमा ८४ वर्षीय बृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दामा सात वर्ष बढी जेल सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

देउखुरी  जिल्ला अदालतबाट जबरजस्ती करणीमा सजाय सुनाइएका फरार ८४ वर्षीय बृद्ध पक्राउ परेका हुन् । पक्राउ पर्नेमा घोराही– ४ भकारे निवासी ८४ बर्षीय रामु केसी रहेका छन् ।

८४ वर्षीय केसीलाई प्रहरी बिहीबार बिहान घरबाटै नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार २०७६ मंसिर २६ गते जबरजस्ती करणी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले ७ वर्ष ५ महिना ८ दिन कैद सजाय तोकेको थियो।

साथै, दुई लाख २५ हजार जरिवाना समेत तोकेको थियो।

अदालतको फैसला लगतै केसी फरार भएका थिए। पक्राउ परेका केसीलाई बिहीबार नै अदालतमा पेश गरिएको थियो।

बिहीबार पक्राउ परेका उनलाई शुक्रवार अदालतमा पेश गरि अदालतको आदेश कार्यान्वयनको लागि कारागार चलान गरिएको डिएसपी रिजालले बताए।