
फाइल फोटो
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । साँझ ६ बजे सपथ राखिएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् ।
शरद सिंह भण्डारी उर्जा, अनिल झा खानेपानी, लक्ष्मणलाल कर्ण भूमिसुधार, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद, चन्दा चौधरी महिला बालबालिका र एकबाल मिया वनमन्त्री बन्ने छन् ।
जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।