१३ बैशाख २०८१, बिहीबार

धनगढीको सेती प्रादेशिक अस्पतालमा कालो ढुसी संक्रमणबाट एकको मृत्यु

seti hospital
फाइल फोटो

धनगढीको सेती प्रादेशिक अस्पतालका एक जना म्यूकोर्माइकोसिस (कालो ढुसी)को संक्रमितको मृत्यु भएको छ । जिल्लाको बर्दगोरियाका गाउँपालीका ६ का ६५ बर्षिय पुरुषको आज मृत्यु भएको सेती प्रादेशिक अस्पतालका अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

जिल्लामा यो पहिलो केस भएको भएपनि उपचारका क्रममा उनको मृत्यु भएको हो । मृतकको उपचारमा संलग्न डाक्टर शेरबहादुर कमर ,डाक्टर निशान भट्राइ र डाक्टर अशोक श्रीपाईलीको टिमले उनमा कालो ढुसीको लक्षण देखिएपछि बायोप्सी परीक्षण गर्दा पुष्टि भएको बताएका छन् ।

स्वास्थ्यमा समस्या भएर जेठ १७ गते सेतीमा भर्ना भएका ति पुरुषको किड्नीमा समस्या रहेको अस्पतालले बताएको छ । अक्सिजन लेवल पनि एकदमै कम रहेकोमा उनको आइसीयुमा उपचार गर्ने क्रममा आज बिहान ७ बजे मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए । उनको कोरोना परिक्षण गर्दा रिर्पोट नेगटिभ आएको थियो ।