८ बैशाख २०८१, शनिबार

डिल्ली राज भट्ट सेती अस्पताललाई नागरिकमैत्री बनाउने अभियानमा

seti hospital

डिल्ली राज भट्ट उमेरले २७ वर्ष भए । तर, उनी सुदूर भूमिमा रहेर स्वसुधारका क्षेत्रमा सक्रिय छन् । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका भट्ट सुदूरको स्वास्थ्य समृद्ध र जनमुखी होस् भन्ने चाहन्छन् । समाजसेवाका लागि उमेर चाहिँदैन । चाहिन्छ त केवल इच्छाशक्ति । सोही इच्छाशक्तिकै कारण भट्ट सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्त भए ।

‘हामी अस्पतालमा जाँदा सरसफाइको निकै समस्या थियो । बिरामीहरूले नाक छोपेर आहोरदोहोर गर्नुपर्ने अवस्था थियो । हाम्रो पहिलो प्राथमिकता अस्पतालको सरसफाइलाई चुस्त पार्ने थियो’, भट्टले भने । उनले सोही उद्देश्य अनुरुप पहिलो प्राथमिकतामा सरसफाइलाई राखेर अस्पताललाई स्वच्छ पारिएको बताए । अहिले बिरामी र अस्पताल पुग्ने सबैले नाक छोपेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको उनी बताउँछन् ।

‘यत्तिमात्र होइन हामी अस्पतालको बाह्य र भित्री गरि दुई चरणमा सुधारका काम गरिरहेका छौं । भित्रि काम अन्तर्गत कर्मचारी र प्रशासनले कति र कसरी काम गरिरहेको छ हेरिरहेका छौं । र, कमजोरी भेटाए सुधार गरिरहेका छौं,’ भट्ट भन्छन्, ‘बाह्य सुधारमा अस्पतालको फोहोर व्यवस्थापन । सेवासुविधा विस्तार, पंखाबिजुलीलगायत अन्य जनताको समस्यामा ध्यान दिइरहोका छौं ।’ अस्पताल प्रशासनले सेवाग्राहीलाई घाममा राख्ने तर हामी व्यव्यवस्थापन समितिलाई एसी रुममा राख्ने अवस्था रहेकोमा त्यो अहिले आफूहरूकै पहलमा अन्त्य भएको भट्ट बताउँछन् ।

अहिले अस्पतालका विभिन्न वार्ड तथा उपचार कक्षमा पूर्ण रुपमा पंखाको व्यवस्थापन गरिएको उनले बताए । यसले दिउँसो घामबाट बचाउनुका साथै राति मच्छरबाट समेत बिरामीलाई जोगाएको भट्टको भनाई छ ।

‘घामले आकुलव्याकुल भएका बिरामीका कुरुवा राति बिरामीलाई कोठामा एक्लै छोडेर पंखा भएको ठाउँमा वा बाहिर बस्ने गरेका थिए । त्यस्तो बेला बिरामीलाई गाह्रो भएको पनि थाहा हुन्थेन । अहिले त्यो समस्याको समेत समाधान भएको छ,’ सदस्य भट्टले भने । गाई गोठ जस्तो इमरजेन्सीलाई आफूहरू आइसकेपछि निकै व्यवस्थित बनाएको भट्टले बताए ।

‘अहिले हामीले रंगरोगन तथा मर्मत गरेका छौं । आगामी दिनमा यस्ता खाले कमी कमजोरीलाई सुधार गर्दै जाने छौं’, उनले भने । भट्टले आफूलाई प्रदेश सरकारले विश्वास गरेर पठाएकाले विपन्न वर्गको उपचारमा सधैँ आफ्नो सहयोग हुने बताएका छन् । सेती प्रादेशीक अस्पताल जनताको भएको बताउँदै उनले आगामी दिनमा आफू सधैँ जनताको माझमै रहेर उनीहरूको भावना अनुसार नै काम गर्ने बताए ।

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई जुझारु र सक्रिय युवाको रुपमा बुझेर अस्पतालको सुधार र जनअपेक्षा अनुसार काम गर्न पठाएकाले उनको उक्त भावनालाई सधैँ जीवन्त तुल्याउने भट्ट बताउँछन् । उनले सेती प्रादेशीक अस्पताललाई सुदूरपश्चिमकै व्यवस्थित र सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने बताए ।

‘धनगढीलाई र त्यसमा पनि सेती प्रादेशिक अस्पताललाई उपचारको हबका रुपा विकास गर्नुपर्छ । यो पश्चिमकै रेफ्रल अस्पतालका रुपमा रहेको छ । यहाँ स्वास्थ्य सेवा थप्दै लैजानुपर्छ,’ उनले भने । यसका साथै सुदूरपश्चिमका नौ वटै जिल्लाका सरकारी अस्पतालको गुणस्तर बढ्पर्नेमा भट्टको जोड छ ।

सामान्य स्वास्थ्य समस्या हुँदा पनि सुदूरपश्चिमबासीले भारत धाउनुपर्ने वा काठमाडौं आउनु पर्ने भट्ट बताउँछन् । अहिले सेती प्रादेशीक अस्पतालमा चाप धेरै रहेको र अहिलेकै पूर्वाधारले उपचारमा समस्या भइरहेको बताउँदै भट्टले महाकाली प्रादेशीक अस्पताल र आठ वटै जिल्ला अस्पतालको स्तरोन्नती गरी जिल्लाका बिरामीलाई जिल्लामै उपचार हुने  बातावरण सिर्जना हुनुपर्ने बताए ।

भट्ट अहिले सेती प्रादेशीक अस्पतालको स्तरोन्नतीमा मात्र ध्यान दिइरहेका छैनन् । उनी सुदूरपश्चिमका पहाडि जिल्लाको स्वास्थ्यवस्था बुझ्न विभिन्न जिल्लाहरूमा समेत धाइरहेका छन् । त्यति मात्र होइन, उनी हाल काठमाडौंका विभिन्न अस्पताल पुगेर समेत स्वास्थ्य सेवा र उपचारका बारेमा जानकारी बटुलीरहेका छन् । ‘मैले भ्रमणका क्रममा सबैभन्दा पहिला बिरामी स्वास्थ्यचौकीमा पुग्ने गरेको पाएँ । स्वास्थ्यचौकी जनताको नजिक हुन्छ । र, जनता त्यहाँ चाडो सहजै पुग्न सक्छन् । त्यसैले सबैभन्दा पहिलो स्वास्थ्यचौकीको स्तरोन्नती हुनुपर्छ,’ उनले भने ।

स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि सरकारले व्यक्ति, संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रका गैरसरकारी संस्थाहरूसँग समन्वय सहकारर्य गरि अगाडि बढ्नु आवश्यक छ । र, सेती प्रादेशीक अस्पताल पनि सोही अनुरुप अघि बढ्न चाहन्छ ।

भट्ट आफूले गरेको परिकल्पना अस्पतालभित्र प्रवेश गर्दा ढुक्कले उपचार गर्ने वातावरण बनोस् । उनले आर्थिक अवस्था कमजोर भएका जनताले उपचारबाट बन्चित भएर अकालमा ज्यान गुमाएको देख्न नपर्ने नीति सरकारले अवलम्बन गर्न आवश्यक रहेको बताए ।

भट्टले आफू सधैँ डाक्टर तथा स्वास्थ्यकर्मीको पक्षमा रहेको बताए । किनकि स्वास्थ्यका कर्मचारीहरूको सेवा सुविधा अतिनै न्यून रहेको उनले देखेका छन् । जसले उनीहररूको जीवनयावन गर्न पनि धौं–धौ हुन्छ । सरकारले स्वाथ्यकर्मीको तलब वृद्धि गर्दा नीति अस्पताल चहार्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । र, उनीहरूले सरकारीमै रहेर गुणस्तरिय सेवा दिनसक्छन् । डाक्टरहरू आफ्नो विषयमा निकै विज्ञ रहेको आफूले पाएको भट्टको भनाई छ । तर, उनीहरूको कन्भेन्सिङ स्किलमा समस्या रहेको पाएको उनले बताए । त्यसैले डाक्टरहरूमा सामाजिक रेस्पोन्सिविलिटिको विकास पनि आवश्यक रहेको पाइएको उनको भनाई छ । यसका विषयमा सरकारले समेत विभिन्न सेमिनार तथा तालिमको व्यवस्था गर्नुपर्ने भट्ट बताउँछन् ।

बिरामीलाई समस्याको बारेमा र समस्या सिर्जीत हुने जोखिमका बारेमा पनि डाक्टरहरूले बिरामीलाई काउन्सील गर्न स्वास्थ्यकर्मीले झर्को मान्नेगरेको आफूले पाएको भट्टले बताए । डाक्टरहरूको उक्त बानी फेरिनुपर्ने उनी बताउँछन् । स्थानीय सरकारले पनि स्वास्थ्य चेतनाका विषयमा स्थानीय स्तरमा सेमिनार तथा जनचेतनामूलक कार्यक्रम गर्नू आवश्यक छ । यसरी वडा स्तरमा जनतालाई चेतना दिँदा उनीहरू स्वास्थ्य सावधानीका लागि के गर्ने के नगर्ने भन्ने विषयमा सचेत रहन्छन् । यो भनेको रोग लागेपछि उपचार गर्नु भन्दा रोगै लाग्न नदिनका लागि सरकारले चालेको पहलकदमी हुन्छ । 

उनले सेती प्रादेशीक अस्पतालका साथै सिंगो सुदूरपश्चिममा स्वास्थ्य सेवा वृद्धिका लागि त्यस क्षेत्रका विज्ञसँग परामर्श गरिरहेको बताएका छन् । उनले अहिलेसम्म  जिल्ला अस्पताल डोटी, पूर्वीचौकी स्वास्थ्यचौकी, बयलपाटा अस्पताल, एपीएफ अस्पताल काठमाडौं, नेपाल प्रहरी अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बालअस्पताललगायत विभिन्न अस्पतालको भ्रमण गरेको बताएका छन् । यी अस्पतालको भ्रमण गर्दा उनले आफ्नो व्यक्तिगत खर्च गरेको बताए । उनले नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायतसँग पनि उनले भेट गरेका छन् । भेट र महत्वपूर्ण छलफलका लागि उनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि भेटेका छन् ।

उनले स्वास्थ्यकर्मीसँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा पनि आफूले परामर्श लिइरहेको बताए । त्यसका लागि उनले विभिन्न जिल्लाका सिडियो, पूर्व सिडिओका साथै सुरक्षाका प्रमुख, सुदूरपश्चिम प्रदेशमा रहेका प्रमुख सचिव, सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख, सहसचिव रामबहादुर कुरुम्वाङलगायत अन्य विशिष्ट व्यक्तिहरूलाई भेटघाट गरि अस्पताल व्यवस्थापन र सञ्चालन कसरी गर्ने भन्ने विषय अन्तरक्रिया समेत भट्टले गरेका छन् । उनले यसबाट आफूले महत्वपूर्ण कुरा सिक्ने अवर प्राप्त गरेको बताए । आगामी दिनमा समेत आफूले यस्ता खाले भेटघाटलाई निरन्तरता दिँदै जनताको स्वास्थ्य सम्वेदनशीलताका विषयमा गम्भीर रहने उनले बताए ।

SaRaSaFai KaRaMaCaRaSaGa
ou PaTaKa RaKaTaThaNa GaRaTha BhaTaTa
NaPaL PaRaHaRaKa PaRaHaRa MaHaNaRaKaShhaKa ThhaRaJaPaRaTaPa SaHa SaGa
uPaRaShhaTaRaPaTa SaGa SaVaSaThaYaKa VaShhaYaMa