११ बैशाख २०८१, मंगलवार

सेती अस्पतालमा तीन सङ्क्रमितको मृत्यु

seti hospital

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष र बर्दगोरीया गाउँपालिका– ५ का ४० वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै अस्पतालको प्रयोगशालामा ३६६ को नमूना परीक्षण गर्दा १०४ मा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

अस्पतालमा ५७ कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् । त्यसमध्ये नौ जना सघन उपचारकक्ष, तीन जना भेन्टिलेटरमा र ३५ जना अक्सिजन सपोर्टमा उपचाररत रहेका छन् ।