१३ बैशाख २०८१, बिहीबार

रेशम चौधरी रिहाइको पहल गर्ने सरकार र थारु कल्याणकारिणी सभाबीच सहमति

Resham Chaudhary
फाइल फोटो

सरकार र थारु कल्याणकारिणी सभाबीच रेशम चौधरी रिहाइको पहल गर्ने सहमति भएको छ ।

सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीसहित राजन भट्टराई र भगवती चौधरीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् भने थारुवानका तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायाण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

उनीहरुबीच ६ बुँदे सहमति भएको छ । सहमतिअनुसार थरुहट–थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख गरिएको छ ।

आन्दोलनमा भएको क्षतिको मूल्यांकन गरेर क्षतिपूर्ति उपलब्ध गराउने, महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई छानबिन गरी कानुनी दायरामा ल्याउने सहमति भएको छ ।