१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्धरा नागरिकतासम्बन्धी अध्यादेश जारी

bidhya devi
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीद्धरा नेपाल नागरिकतासम्बन्धित (पहिलो संशोधन) अध्यादेश जारी भएको छ । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतले बताए ।

हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ । तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो ।

ghhgh 1380x2048 1