१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट १९३को मृत्यु

covid death

पछिल्लाे २४ घण्टामा थप १९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ६,३४६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १८ हजार ९ सय ६५ पीसीआर र ९६१ एन्टिजेन परीक्षण गर्दा आजमात्रै देशभर ७ हजार ५९८ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

साथै काठमाडौंमा १७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना गरी काठमाडौं उपत्यकामा २ हजार ८२१ नयाँ संक्रमित थपिएको छ ।