१४ बैशाख २०८१, शुक्रबार

अब भिडियोमा बहुचर्चित ‘मेरो प्यारो ओखलढुंगा’

unnamed

युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्तिको अवसरमा आज युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको गीत मेरो प्यारो ओखलढुंगा को भिडियो सार्वजनिक गरिएको छ ।

बहुचर्चित ‘मेरो प्यारो ओखलढुंगा’ गीतको भिडियो युगकविको ११०औँ जन्मजयन्तीका अवसरमा आइतबार उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा बनाइएको म्युजिक भिडियोको निर्देशन दिनेश डिसीले गरेका हुन् । सात मिनेट लामो गीतलाई सत्य नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

युगकविको वारेमा अध्ययन गर्न चाहने दुई विद्यार्थीको युगकविको जन्मस्थलसम्मको खोजमुलक यात्रालाई प्रस्तुत गरिएको गीतमा समीक्षा पोखरेल, महेश खड्का एंव दिनेश डिसीको अभिनय रहेको छ ।

सुरेश घिसिङले खिचेको भिडियोमा कलाकार समीक्षा पोखरेल, महेश खड्कासहित स्वयं निर्देशक डीसीको अभिनय छ । तीन वर्षअघि खिचिएको भिडियो आइतबार सार्वजनिक गरिएको हो ।

    सम्बन्धित समाचार...