६ बैशाख २०८१, बिहीबार

रेखा थापाले लेखिन् ,‘लासहरुले पनि हृदय नछुने पापी व्यवस्था’

rekha thapa scaled

कोरोना महामारीले देश जनता आक्रान्त पारेको बेला राजनितिक खिचातानीले आम मानिस दिक्क भएका भएका छन् । यसबारेमा अभिनेत्री रेखा थापाले प्रधानमन्त्री फेरिदैमा कोरोना नभाग्ने बताएकी छन् । उनले सामाजिक सञ्जला फेसबुकमा स्टाटस लेख्दै हामीहरु राजनितिक दलको पछि लागेर अझै रैती बन्नु परेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्,‘देश कोरोनाको बैश्विक महामारी कहाली लाग्दो आतंकमा परेको छ । मानवजाती र महामारी बिचको लडाईंमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप पनि चलेकै छ । नागरिकको जीवन रक्षा गर्नको लागि सबै दलले भोट र विश्वाश त पाएकै छन (आकार फरक होला)। प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यथार्त फेरिदैनन । हामी नेपाली र यो राजनीतिले आफुलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुन्जेल आम जनता सधैं निरिह रैति मात्र हुने भये । यस्तो बेलामा पदको पछाडि होइन आफुले पाएको मत र मतदाता बाचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र? ’

उनले लाखौँ मान्छेको मत पाएका माननियहरु गुनासो र गाली गर्ने चौतारौ भएको बताएकी छन् । उनले नेताहरुलाई लाहरुहरुले पनि हृदय पापी व्यवस्थामा अव झन् घृणित हुने देखिएको उल्लेख गरेकी छन् । उनले नेताहरुलाई प्रश्न गर्दै सोधेकी छन्,‘तपाइहरु सिंह दरबार छिरेको कतिवर्ष भयो ?’

उनले थप लेखेकी छन् ,‘लाखौं मान्छेले मत दिएका माननिय अनी पार्टिहरु– गुनासो र गाली गर्ने चौतारो हुन ? लासहरुले पनि हृदय नछुने पापी ब्यबस्थामा अब राजनीति झन घिणित हुने देखिन्छ । यिनी अनुहार सिंहदरवार छिरेको कती बर्ष भयो? जनताको रक्षाको लागि यिनिहरुले आफ्नो आफ्नो पालामा के के गरेका थिए ? अस्पताल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को–को जिम्मेवार छन ? हिसाब व्यक्ती र व्यवस्था दुइटैको हुनु पर्छ । जनताले आफ्नो धैर्यताको सिमा तोड्ने बेला आएन र ?

Capture 4