१२ बैशाख २०८१, बुधबार

शीतलनिवास बाहिर नेविसंघको प्रदर्शन

Nebisangh protest 1

बलजफ्ती रुपमा गरिएको संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ ।

नेपाली काँग्रेसनिकट नेविसंघका विद्यार्थीहरुले आइतबार राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेको थियो। 

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रातारात संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि नेविसंघले शीतलनिवासि बाहिरको सडकमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । तीन जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

sheetalniwas protest 1 Dz92Dk9zW51621756070