७ बैशाख २०८१, शुक्रबार

रौतहटमा गस्ती टोली र सिकारीबीच झडप, १ जना पक्राउ

IMG 20201001 121749 750x375 1

रौतहटमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ ।

दोहोरो झडपपछि एकजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको कमान्डमा गएराती गएको वन गस्ती टोली र सिकारी समूहबीच भोलन्टार वनमा झडप भएको हो । वन गस्ती टोलीसँग झडप भएलगत्तै ८ जनाको समूहमा रहेको सिकारी समूह तितरबितर भएर भागेको वन अधिकृत यादवले बताए । झडपलगत्तै चन्द्रपुर ३ का सीताराम स्याङतान पक्राउ परेका छन् । वन क्षेत्रमा पछिल्लो केही दिनदेखि अवैध चोरी सिकारी बढेको सूचनाको आधारमा गस्ती जाँदा सो झडप भएको यादवले बताए ।