१३ बैशाख २०८१, बिहीबार

संगीतकर्मीबाटै बलात्कृतपछि गर्भवती भएको पोल खोलिन् लेडी गागले

lady gaga

आफुलाई चर्चित कलाकार बनाउनका लागि यौन हिंसामा परेपनि धेरै कलाकारहर यस बारेमा बोल्न चाहदैनन् । तर, एक गायिकाले यसबारेमा पप सेन्सेसन लेडी गागले आफ्नो जीवनको तीतो अनुभव सार्वजनिक गरेकी छन् । उनले ओप्रा विन्फ्रेको शोमा आफूमाथि भएको यौन शोषणबारेमा खुलेर बोलेकी छन् ।

शो कार्यक्रममा लेडी गागाले आफू १९ वर्षको उमेरमा बलात्कृत भएको खुलासा गरेकी हुन् । लेडी गागले आफुलाई नाम चलेका एक सङ्गीतकर्मीले बलात्कार गरेको जसका कारण आफु गर्भवती भएकी बताएकी छन् । १९ वर्ष हूँदाको त्यो घटना स्मरण गर्दै लेडी गागाले भनिन्, ‘म १९ वर्षको हुँदा बलात्कारमा परेँ । त्यतिबेला एक निर्माताले मलाई कपडा उतार्न भने । मैले यसका लागि अस्वीकार गरेँ र त्यहाँबाट गएँ । त्यसपछि उनले मलाई धम्की दिएर मेरो सबै सङ्गीत बर्बाद गरिदिने बताए र उनी रोकिएनन् । सुरुमा त मेरो शरीर बेस्सरी दुख्यो त्यसपछि मलाई केही महसुस भएन । त्यसको केही दिनपछि ज्वरोले थला पार्यो । हप्तौं बित्यो ।

पछि मैले महसुस गरेँ कि म बलात्कृत हुँदा पनि यस्तै पीडा भएको थियो । मलाई मेरो आमा–बुवाको घरको एउटा कुनामा छोडियो किनभने मलाई त्यतिबेला उल्टी भइरहेको थियो र म असाध्यै बिरामी थिएँ । मेरो शोषण भएको थियो । थुप्रै महिनासम्म मलाई स्टुडियोमा लक गरेर राखिएको थियो ।’

आफुलाई तनाव दिने ति संगीतकर्मीलाई कतै देख्न नपरोस जस्तो लेडी गागालाई लाग्ने कुरा बताएकी छन् । किनभने बलात्कारपछि आफुले असह्य पिडा खेप्नु परेको उनले उल्लेख गरेकी छन् । शोमा बोल्दै लेडी गागाले बलात्कारपछि आफू कुनै पनि हालतमा पहिले जस्तो नभएको र बलात्कारपछि जुन तनाव र ट्रमाबाट गुज्रिए । त्यो मान्छे देखेपछि झनै ममा हतास पैदा हुन्छ ।

लेडी गागाले भनिन्, ‘थुप्रै वर्षसम्म म साइकोटिक ब्रेकमा रहेँ । म त्यस्तो खालको केटी थिइनँ । त्यतिबेला मैले थुप्रै एमआरआई र स्क्यान गराएको थिएँ तर त्यसले केही राम्रो गरेको जस्तो लागेन । तर तपाईंको शरीरलाई सबै याद रहन्छ । मलाई केही पनि महसुस हुँदैनथ्यो । यस्तो थियो कि तपाईंको दिमाग अफलाइन भएको छ ।’