१६ चैत्र २०८०, शुक्रबार

‘प्रेमगीत ३’ को टाइटल गीत सार्वजनिक

Screenshot 9972020 02 21 08 09 05

यस बर्षको बहुप्रतिक्षित मध्येको एक फिल्म ‘प्रेमगीत ३’ को टाइटल गीत सार्वजनिक भएको छ । महाशिबरात्रिको अबसर पारेर सार्वजनिक गरिएको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्किको सँगीत रहेको छ ।

गीतमा फिल्मका मुख्य कलाकार प्रदिप खडका र कृष्टिना गुरुङ फिचर्ड छन । र गीतको कारियोग्राफि कबिराज गहतराजले गरेका हुन । यस भन्दा अघि फिल्मको गीत हाति ढुगाँमा बोलको गित सार्वजनिक भइसकेको छ भने गित अहिले चर्चामा पनि रहेको छ । साथै फिल्मको राइटस बिदेशको बिभिन्न देशमा महगोँरकममा बिक्रि भइरहेको निर्माण टिमले बताएका छन ।

करिब दुइ शय बर्ष पुरानो लबस्टोरीमा बनेको फिल्मलाइ सन्तोष सेन र छेतेन गुरुङ मिलेर निर्देशन गरेका हुन । साथै फिल्मको छायँकनमा राजेश श्रेष्ठ ,सम्पादनमा बनिश शाह र भुपेन्द्र अधिकारी, सँगीतमा एलिश कार्कि र फिल्मको कथा मन्दिप गुरुङ र निर्देशन छेतेनकै रहेका छन ।

करिब ३ करोडको लगानिमा निर्माण भएको फिल्मको सह निर्मातामा कुमार सान शाह र ओ एस आर डिजिटल रहेका छन। फिल्मको कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र डम्बर बिक्रम सेन रहेका छन । फिल्मको छायाँकन सकेर हाल फिल्मको प्रोष्ट प्रोडक्सनको काम भइरहेको छ ।

फिल्ममा प्रदिप खडका, कृष्टिना गुरुङ सँगै शिब श्रेष्ठ, सुनिल थापा ,माओत्से गुरुङ ,मनिश राउत, पुष्कर कार्की ,प्रेम पुरी, लक्ष्मि बर्देवा, अनुभब रेग्मी योगिशा खत्रि लगायत कलाकारहरुको अभिनय रहेको छ । भने फिल्म चैतको २८ बाट प्रदर्शनमा आउदैछ ।