६ बैशाख २०८१, बिहीबार

चलचित्र ‘इन्डियन २’को छायांकन सेटमा दुर्घटना हुँदा ३ जनाको निधन

Indian 2 Accident

चलचित्र ‘इन्डियन २’को छायांकन सेटमा क्रेन दुर्घटनामा परेर चलचित्र यूनिटका ३ जनाको निधन भएको छ । जसमा, ९ जना घाइते भएका छन् । छायांकनका क्रममा क्रेन लड्दा ३ जनाको निधन भएको थियो ।

निधन भएका ३ जना यूनिटका परिवारलाई आर्थिक सहयोग दिने घोषणा यसका मुख्य कलाकार कमल हसनले गरेका छन् । उनले ३ जनाको परिवारलाई १ करोड आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

indian 2 film set accident

यसका साथै, कमल हसनले घाइते भएका अन्य सदस्यहरुको पनि हालखबर वुझिहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कमलले ट्विट गर्दै लेखेका छन्–‘मलाई मेरा ३ जना साथीहरु गुमाउनु पर्दा दुःख लागेको छ । म भन्दा कैयौ दुखी घटनामा निधन भएका सदस्यहरुको परिवारलाई परेको छ । म उनीहरुको दुःखमा साथ दिन चाहन्छु ।’

यस्तै, नायिका काजल अग्रवालले यो दुःखको कुनै पनि तरिकाले बयान गर्न नसकिने बताएकी छिन् । उनले, मृतकका परिवारप्रति आफ्ना पूर्ण साथ रहेको समेत उल्लेख गरेकी छिन् । यस्तै, नायिका राकुल सिंहले पनि यो घटनाले आफू निकै नै दुखी भएको लेखेकी छिन् ।

    सम्बन्धित समाचार...