८ बैशाख २०८१, शनिबार

काठमाण्डाै उपत्यका वायु प्रदूषणका कारण बसाेबासका लागि अयोग्य

kathmandu

बढ्दो वायु प्रदूषण नियन्त्रणमा सरकारी बेवास्ताका कारण महानगर कुरुप र नगरवासी रोगी बनिरहेका छन्। वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका बसोबास लागि अयोग्य अवस्थामा पुगेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि अहिले रत्नपार्क आसपासमा अक्वा १ सय ६६ रहेको वातावरण विभागले जनाएको छ ।

उपत्यकाभरिकै हावाको गुणस्तर सुचङ्का अक्वा औषतमा १ सय ४० भन्दा धेरै रहेको वातावारण विभागका प्रवक्ता ईन्दुविक्रम जोशीले जानकारी दिए ।

Kathmandu Valley 1

विश्व स्वास्थ्य संगठनले मानिस बस्न हावाको गुणस्तर सुचाङ्क अक्वा १ सय २५ हुनुपर्ने र १ सय १४ सम्म बस्न सकिने तोकेपनि काठमाण्डौको अक्वा १ सय ६६ पुगेको हो ।

गाडीको धुवाँसँगै आगो बाल्दा निस्कने धुवाँको कारण उपत्यकाको प्रदूषण बढेको प्रवक्ता जोशीले बताएका छन् । केही दिनदेखि उपत्यकामा बाक्लो तुवाँलो लागिरहेको छ । बढिरहेको प्रदूषणकै कारण तुवाँलो लागेको श्रेष्ठले भने । जल तथा मौसम पूर्वानूमान महाशाखाले सतहको हावा तात्नेगरी घाम नलागी वा पानी नपरी तुवाँलो नहट्ने जनाएको छ ।

प्रदूषित हावाका कारण मानिसमा मुटु रोग, दम तथा खोकी तथा फोक्सोको क्यान्सर समेत हुने खतरा रहने वीर अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठको भनाइ छ ।

बाहिर निस्कदा मास्क प्रयोग गर्न डाक्टरको सुझाव छ । मास्क प्रयोग गर्दा हावाको प्रदूषणबाट हुने जोखिम केही घटेपनि रोक्नै भने नसकिने भएकोले प्रदुषित हावा भएको ठाउँमा सकेसम्म कम हिँडडुल गर्नु सबैभन्दा राम्रो उपाय भएको डाक्टर श्रेष्ठले बताए ।