१३ बैशाख २०८१, बिहीबार

निष्पक्ष र धाँधलीरहित निर्वाचन हुनुपर्नेमा प्रधानमन्त्रीकाे जाेड

press meet pm oli
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

बैठकमा आयोगका प्रमुख आयुक्तका साथै सबै पदाधिकारीहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरेको नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकार गठनका लागि १५३ सासंसहरुको हस्ताक्षरसहित प्रधानमन्त्री केपी शर्मा ओलीले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १४९ गठबन्धनको सांसदहरुसहित गरिएको दाबी बदर गरिएको थियो ।

वर्तमान अवस्थाको प्रतिनिधिसभा भंग गरि अर्को प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन आगामी कात्तिक २६ र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते घोषणाा गरिएको थियो । यसपश्चात् प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग निष्पक्ष एवम् धाँधलीरहित निर्वाचनका विषयमा आयोगमा छलफल गरेको भट्टराईले बताए ।