१४ बैशाख २०८१, शुक्रबार

समयमै उपचार नहुँदा संक्रमतिको मृत्युदर बढ्दो

thumbnail 27 pradesik aspataal 750x375 1

प्रादेशिक अस्पताल जनकपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई दिनदेखि भेन्टिलेटरमा राखि उपचार भइरहेका एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमति भएको १० दिनपछि अवस्था अति गम्भिर भएपछि मात्रै उनलाई उपचारको लागि प्रादेशिक अस्पतालमा ल्याएको थियो । त्यसैगरि, मृगौला रोगले ग्रसित रहेको एक कोरोना पोजेटिभ विरामी विहिवार उपचारको लागि प्रादेशिक अस्प्ताल ल्याएको केहि समयमै मृत्यु भएको छ ।

यस अघि जनकपुरधाम उपमहानगरपालिका– ९ का अमोद कर्णलाई पनि सुरुदेखि रुघाखोकी तथा ज्वरो आईरहेपनि स्वास्थ्य अवस्था अति गम्भिर भएपछि मात्रै उपचारको लागि प्रादेशिक अस्पताल ल्याएको थियो । अस्पतालमा ल्याएलगतै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । त्यसैगरि, धनुषा कमला नगरपालिका–७ का एक पुरुष लामो समयदेखि रुघा खोकी तथा ज्वरोले पीडित भएपनि गाउँमै उपचार गराईरहेका थिए । कोरोनाको डरले उनी कुनै अस्पतालमा गएर उपचार गराउन मानिरहेका थिएनन् । पछि स्वास्थ्य अवस्था नाजुक भएपछि प्रादेशिक अस्पतालमा ल्यायो । कोरोना संँग लक्षण मिल्ने विरामी भएकोले उनको पहिलो पिसिआर टेस्ट गरियो । पिसिआर टेस्टको रिर्पोट आउदै उनको मृत्यु भयो । पिसिआरको रिर्पोट आउदा उनी कोरोना पोजेटिभ थिए । माथिका यी घटनाहरुले के देखाउ छ भने बिरामीको अवस्था गम्भिर भएपछि मात्रै उपचारको लागि अस्पताल आउने गर्छन । गाउँमै रुघाखोकी, ज्वारो, टाईफाड वा स्वाश प्रस्वासमा समस्या भए टिभिको औषधी खाएर गाउँमै उपचार गराउँछन् । गाउँमा उपचार सम्भव नभएपछि मात्रै थप उपचारको लागि वाहिर ल्याउछन् । धनुषा जिल्लामा अहिले सम्म ५९ जना कोरोना संक्रमतिका मृत्यु भएको स्वास्थ्य निर्देशनालले जनाएको छ । ति मध्ये स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको संक्रमित विरामीको मृत्यु हुनेको संख्या उच्च रहेको छ । प्रादेशिक कोभिड अस्पतालका ईन्चार्ज डा. जामुन सिंहका अनुसार समयमै उपचारको लागि विरामीलाई अस्पताल ल्याउने गरेको छ ।

कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा विरामीको मृत्युदर बढी रहेको छ । पहिलो लहरको कोरोना भन्दा अहिलेको कोरोनाको प्रवृति केहि फरक रहेको उल्लेख गर्दै डा.सिंहले भने,‘पहिला त्यति मात्रा मा कोरोना सर्दै न थियो । अहिले बढी सर्ने गरेको छ । त्यसका विभिन्न कारणहरु होला । तर विरामीको संख्या नै बढि भएपछि मृत्यु हुनेको संख्या बढनु स्वभाविक हो ।’ कोरोना संक्रमति भएको ५ देखि १० दिन भित्रमा उपचारको लागि अस्पताल ल्याएको अधिकांश विरामी बाँच्ने गरेको बताउदै उनले भने,‘ विरामीलाई हामीले तीन चरणमा बाँडेका छौ, पहिलो कोरोना पोजेटिभ भएर पनि अवस्था समान्य छ भने त्यो चिन्ताको विषय होईन, त्यो होमआईसोलेशनमै ठिक हुन सक्छन्, दोस्रो मध्य अर्थात समान्य भन्दा अलि गम्भिर, त्यस्तो अवस्थाको संक्रमतिलाई बचाउन सक्ने धेरै समय पनि हुन्छ र तेस्रो अति गम्भिर भेन्टिलेटरमै राखेर उपचार गनुपर्ने अवस्थाका संक्रमतिलाई बाच्ने सम्भावना न्युन हुन्छ ।’अति गम्भिर अवस्थाको करिव ५० प्रतिशत विरामीको मृत्यु हुने गरेको डा. सिंहले बताए । विरामीको जाँच बढेपनि जनशक्तिको व्यवस्थापन त्यो अनुसारको नहुदाँ पनि स्वास्थ्य उपचार प्रभावित हुने गरेको उनले बताए ।