१६ चैत्र २०८०, शुक्रबार

आजबाट सगरमाथाको आरोहण पुनः शुरू

Mount Everest

विगत दश दिनदेखि रोकिएको सगरमाथा आरोहण शनिबारबाट पुनः शुरु भएको छ । आरोही, गाइड र कामदारहरुमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण हुदाँ र ताउ–ते चक्रवतले मौसममा प्रभाव पारे पछि आरोहण स्थगित भएको थियो ।

१० दिन पछि सगरमाथाको चुचुरोमा आज आरोहीहरु पुग्ने सेभेन समिट ट्रेकका निर्देशक आधारशिविर मेनेजर टासि लाक्पा शेर्पाले जानकारी दिए ।

आरोहण लक्षका साथ शुक्रबारनै दर्जनौ आरोहीहरु चौथो क्याम्प पुगेर बसेको उनले जानकारी दिए । यस अघि बहराइका राजकुमार शेख मोहम्मद हमाल अलिफा सहित ५० जना भन्दा बढी आरोहीले आरोहण गरी सकेका छन् ।