१४ बैशाख २०८१, शुक्रबार

विपक्षी गठबन्धनमा योगेश भट्टराईको नाम हटाइयो, अन्य नेताको असहमति, पुरानो हस्ताक्षर दुरुपयोग भयो

yogesh bhattarai
फाइल फोटो

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरु योगेश भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको छ । नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गरेका थिए ।

त्यसपछि उनको नाम हटाइएको स्रोत बताउँछ । त्यस्तै नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरुको पनि सहमति नभएको जनाएको एमालेकै एक नेताले बताए ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन,पुरानो हस्ताक्षर दुरुपयोग भयो

नेकपा एमालेका सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

संचारकर्मीसंग कुरा गर्दै पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए ।

पाण्डेले भनेः पुरानै दस्तखत होला, मैले गरेको छैन र थाहा पनि छैन । मैले नेताहरूलाई त्यो बाटोमा नजानुस् भनेको थिएँ ।