८ बैशाख २०८१, शनिबार

महोत्तरीबाट हराएका बालक चार दिनपछि भारतमा भेटिए

shatrughna mahato 2qCloWJh1U 750x375 1

महोत्तरीबाट हराएका एक बालक चारदिनपछि भारतमा भेटिएका छन् ।

खोजी गर्ने क्रममा भारतको रजवारा भन्ने ठाउँमा एक घरमा लुकाइराखेको अवस्थामा बालकलाई भेटिएकाे प्रहरीले जनाएको छ । भेटिएका बालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो । गएकाे मङ्गलवार सोनमा गाँउपालिका ४ का शत्रुघ्न महतोका ६ वर्षीय छाेरा युवराज महतो घर वरिपरिबाटै हराएका थिए ।