२२ बैशाख २०८२, सोमबार

मलाई प्रधानमन्त्री बनाउन कुनै प्रस्ताव आएको छैन, ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु

mahantha thakur
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ । जसपा नेता बिमल श्रीवास्तवले अध्यक्ष ठाकुरले समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाएको बताए । उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षका नेताहरुले भने बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले आफुलाई प्रधानमन्त्री बनाउन कुनै प्रस्ताव नआएको बताएका छन् । उनले शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बाहिर चर्चा भएपनि आफूलाई कुनै प्रस्ताव नआएको बताएका हुन ।

स्वयं जसपाका उपेन्द्र यादव पक्षका नेताहरुले ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ । वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा अध्यक्ष ठाकुरलाई बनाउने भन्ने चर्चा चलिरहेको छ । तर ठाकुरले भने रुचि देखाएका छैनन् । उनले अघि भने, ‘म सुरुदेखि नै प्रष्ट छु, परिस्थितिजन्य काममा मेरो कुनै इच्छा आकांक्षा छैन । सम्भावनाहरु हुन्छ, सपनाहरु पनि हुन्छ, त्यो त्यति हो ।’

ठाकुरले वर्तमान सरकारले पनि सम्बोधन गरिरहेको बताए । नागरिकतासम्बन्धी अध्यादेश ल्याएको र संविधान संशोधनका लागि कार्यदल बनाएको भन्दै उनले अघि भने, ‘अदालतमा विचाराधीन मुद्दाहरुमा पनि छलफल भइरहेको छ ।