१३ बैशाख २०८१, बिहीबार

डडेल्धुरामा निर्माणाधीन पुल बाढीले बगायो

pool2021 05 21 10 25 43

लगातार परिरहेको अविरल वर्षासँगै आएको बाढीले डडेल्धुरामा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ र नवदुर्गा गाउँपालिका–३ लाई जोड्ने लमखेती गाडको सकाइल खण्डमा सडक विभागले निर्माण गरिरहेको पुलबुधबारदेखि परिरहेको वर्षासँगै आएको बाढीले बगाएको हो ।

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले सकाइल हुँदै नवदुर्गा गाउँपालिकाको डाँणा वन जोड्ने सडकखण्डको लमखेती गाडमा निर्माण भइरहेको पुल बगाएको बताए । पाँच करोड ५२ लाखमा ठेक्का पाएको राजेन्द्र चाँदनी जेभीले पुल निर्माणको काम गरिरहेको थियो ।

जेभीका सञ्चालक आकाश गुरुङले एक्कासी आएको बाढीले ड्याम थुनिए पनि पुल बगाएको बताए । उनका अनुसार करिब ६ वर्षअघि ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असारमा सकिँदैछ थियो भने शुक्रबार पुलको ढलान गर्ने तयारी गरिएको थियो ।

तर त्यस अगावै आएको बाढीले पुल भत्काएपछि अब सबै काम प्रभावित भएको गुरुङले बताए । उनले अहिले पनि वर्षा जारी रहेकाले काम गर्न सक्ने अवस्था नरहेकाले भदौपछि मात्र बाँकी निर्माण कार्यअगाडि बढाउने जानकारी दिए ।