१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रियसभा उपनिर्वाचन : बादल पराजित, देवकोटा विजयी

nirbachan

हेटौंडाको भुटनदेवी मतदान केन्द्रमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनको मतगणना अनुसार नेकपा एमालेका नेता तथा पुर्व गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् ।

राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि भएको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, खिमलाल देवकोटासँग पराजित भएका हुन्।

मतगणना अनुसार ५०८८ मतका साथ कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहको गठबन्धनको उम्मेद्वार रहेका डा खिमलाल देवकोटा विजयी भएका हुन । रामबहादुर थापा ‘बादलले’ ४ हजार १४ मत पाए भने नेमकिपाका कृष्‍णप्रसाद तामाङले १३२ मत पाए । 

३४८ मतदाता रहेको उपनिर्वाचनमा ३३८ जनाले मात्र मतदान गरेका थिए । बागमतीमा तीन प्रदेश सभा सदस्य रहेको विवेकशील साझाले नो भोटको अधिकार माग गर्दै भोट नहाल्ने निर्णय नै गरेको थियो ।