१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ उपत्यकामा थपिए ३ हजार बढी संक्रमित्, मुलुकभर १९० को निधन

covid death

पछिल्लो २४ घण्टामा मुलुकभर ८,२२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक्काइस हजार ६९५ पिसिआर र ३९२ एन्टिजेन टेस्ट गरेर जम्मा २२,०८७ टेस्ट भएकोमा उक्त संख्या पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा तीन हजार २३२ कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा धेरै काठमाडौँमा २ हजार ६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म चार लाख ८८ हजार ६४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने मुलुकभर ११,५८५२ जना सक्रिय सङ्क्रमित रहेका छन् । साथै २० देखी ४० उमेरको समुह सबैभन्दा धेरै संक्रमित भएको पाइएको छ ।

यसैगरी गत २४ घण्टामा ६,५४३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३,६६,९४६ पुगेको छ ।

त्यस्तै पछिल्लोे २४ घण्टामा कोरोनाका कारण १९० जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५,८४७ पुगेको छ ।