१३ बैशाख २०८१, बिहीबार

हेटौंडामा राष्ट्रियसभा सदस्यको उप-निर्वाचनको मतदान शुरु

189046251 774198060132966 4647599468090529997 n

राष्ट्रियसभाको उप निर्वाचनका लागि हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् ।

त्यस्तै अन्य मतदाता पनि मतदानस्थलमा पुगेका छन् । गृहमन्त्री रामवहादुर थापासहित तीनैजना उम्मेदवार मतदानस्थलमा छन् । एमालेको माधव नेपाल पक्षका मतदाता भने विभाजित देखिएका छन् ।

केहीले पार्टी निर्णय मान्नु पर्ने भन्दै बादलको पक्षमा मतदान गर्नुपर्ने बताइरहेका छन् । तर अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले पार्टी विवाद नमिलेको र खिमलाल देवकोटाले माधव नेपालकै प्रस्तावमा कांग्रेस र माओवादीले समर्थन गरेकाले आफूहरुको उम्मेदवार देवकोटा नै रहेको बताएका छन् ।