७ बैशाख २०८१, शुक्रबार

चितवनमा भयावह बन्दै कोरोना, आज एकैदिन २३५ जना कोरोना संक्रमित थपिए

corona
फाइल फोटो

चितवनमा आज एकै दिन २३५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकामा १७२ जना, खैरहनीमा १४ जना, माडीमा ९ जना, रत्ननगर नगरपालिकामा २१ जना, राप्ती नगरपालिकामा ११ जना, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाउँपालिकाका ३ जना रहेका छन् । योसँगै चितवनमा जम्मा संक्रमितको संख्या १२ हजार ७२ जना पुगेको छ ।

त्यसैगरी विगत २४ घण्टामा चितवनमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८२ पुगेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । चितवनमा घरमा आइसोलेसनमा चार हजार १६७, अस्पतालमा आइसोलेसनमा २१३ जना र सामुदायिक आइसोलेसन केन्द्रमा ९ जना रहेका छन् ।