२२ बैशाख २०८२, सोमबार

भारतीय सीमातर्फ गएका एक युवक प्रहरीको गोली लागेर घाईते

sima apf
फाइल फोटो

नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् ।

प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय प्रहरीको गोली लागेर घाइते भएका हुन् । आज बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।

प्रहरीले गोली चलाएको घटनाले स्थानीयमा त्रास बढेको र सीमावर्ती नेपाल र भारत दुबैतर्फको अवस्था तनावपुर्ण बनेको स्थानीयहरुले जानकारी दिएका छन् ।