१५ चैत्र २०८०, बिहीबार

कोरोनाबाट फिल्म सम्पादक अभिषेक पौडेलको निधन

abishek paudel

नेपाली फिल्म सम्पादकका रुपमा काम गर्दै आएका अभिषेक पौडेलको निधन भएको छ । उनको कोरोनाका कारण निधन भएको हो । फिल्म निर्देशक मनोज श्रेष्ठले जानकारी दिए । उनी केहि समयदेखि दुबै मृगौला पिडित रहेका थिए ।

मृगौलाले काम गर्न छोडेपछि मृगौला प्रत्यारोपण गराएका थिए । फिल्म सम्पादनको अलवा एमिनेश, कलर करेक्सलगायत थुप्रै क्षमताका पौडेलले विधवा, डि कम्पनी, बिस्पोट, रिया, दिलमा सजाए तिमीलाई, खै को कसको लगायत दर्जन बढी फिल्म र कयौ म्युजिक भिडियो सम्पादन गरेका छन् ।