१३ बैशाख २०८१, बिहीबार

सुनको मुल्य बढ्यो

gold

पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्चदरमा वृद्धि भएको छ । गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम ६०० रुपैयाँले वृद्धि भएर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ । यता चाँदीको मूल्य समेत मंगलबार उच्च वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी एकै दिन प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँ कायम भएको छ ।