१५ बैशाख २०८१, शनिबार

बाराको कलैयामा दुई बालकको घाँटी रेटेर हत्या

death 1 750x375 1

बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ ।

कलैया उपमहानगरपालिका-७ रंगपुर निवासी गफार मियाँका छोराहरुको घाँटी रेटेर हत्या गरिएको हो । धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो ।आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन् । हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक सोही समयदेखि वेपत्ता थिए । गफार मियाका दुवैजना छोराको शव हेरेर आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धानको लागि तालिमप्राप्त कुकुरमार्फत घटनास्थलको थप अनुसन्धान गर्ने डिएसपी गौतमले जानकारी दिएका छन् ।