७ बैशाख २०८१, शुक्रबार

विजुलीको पोलमा जडान गरेको डिक्स बक्स चोरी गर्ने दुई जना पक्राउ

चोरीको फोटो

चितवनमा विजुलीको पोलमा जडान गरेको डिक्स बक्स चोरी गर्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ७ बुद्धचोकमा डेरा गरी बस्ने श्रीकृष्ण महतो र काँसी चौधरी रहेका छन । उनिहरुले बैशाख ३१ गते भरतपुर महानगरपालिका वडा नं. १६ नविनचोक र गाविस चोकमा विजुलीको पोलमा जडान गरेको प्राईम नेटवर्क प्रालिको चार थान डिक्स बक्स चोरी गरेका थिए । चोरी भएको डिक्स बक्स उनिहरुको कोठाबाट बरामद गरिएको छ ।

उनिहरु यसअघि पनि चोरीका घटनामा संलग्न रहेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।