१३ बैशाख २०८१, बिहीबार

ओली-नेपाल मिले भने हामी किन मिल्न सकिँदैन ? : महन्थ ठाकुर

upendra mahanta

जनता समाजवादी पार्टी जसपाभित्र विवाद भईरहेको समयमा अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव बिच भेटवार्ता भईरहेको छ । ठाकुर पक्षले यादवलाई थाहै नदिई संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरिएपछि विवाद झन् चर्कंदै गइरहेको हो।

यसैबीच पार्टीभित्र देखिएका विवाद समाधान गर्न अध्यक्षद्वय ठाकुर र यादवबीच आइतबार छलफल भएको थियो। उनीहरूबीच पार्टीका बैठक गरी त्यसबाट एकै विचार निकाल्नेबारे छलफल भएको छ ।

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तिहाक राईले अध्यक्षद्वयबीच पार्टीलाई एकढिक्का बनाएर आधिकारिक लाइनअनुसार अघि बढ्न सहमति जुटेको बताए। अध्यक्ष उपेन्द्रजीले अहिलेको अवस्थामा हामी मिलेर जानुपर्छ। तपाईंहरू पनि बैठकमा आउनुहोस्, एउटै धारणा बनाए जाऔं भन्नुभएको छ,’ उक्त छलफलबारे उनले भने, ‘अध्यक्ष महन्थजी पनि यसमा सकारात्मक हुनुहुन्छ। दुई अध्यक्षका बीचमा अहिले पार्टी फुटाउनु हुन्न भन्नेमा एकमत देखिन्छ। छलफल सकरात्मक छ।’ राईले भने ।

विवाद देखिएको नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल मिलेर जान सहमत भइसकेको उल्लेख गर्दै उनीहरूले आफूहरू पनि मिलेर जानुपर्ने बताएका थिए। ओली/नेपाल मिल्ने अवस्थामा पुगे भने आफूहरू किन मिल्न सकिँदैन भन्दै उनीहरूले पार्टी एकढिक्का बनाएर लैजानेबारे छलफल गरेका थिए ।