७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले ‘त्याे पर्दैन’ भन्दै लिएकाे शपथविरुद्ध सर्वोच्चमा रिट

kp oli auc6D0FdaU 1024x551 1

प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । गएको वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द दुई पटक उच्चारण गर्दासमेत प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको शपथलाई लिएर वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसी रिट निवेदन लिएर सर्वोच्च पुग्नुभएको हो । उहाँहरूले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रो पटक शपथ गराउन माग गर्नुभएको छ ।

यस्तै अधिवक्ता सन्तोष भण्डारीले प्रधानमन्त्रीकाे शपथ र प्रधानमन्त्रीले गर्नुभएकाे सात मन्त्रीको नियुक्तिविरुद्ध अर्को रिट निवेदन पेस गर्नुभएको छ । तर दुवै रिट निवेदन दर्ता भने भएको छैन ।

रिटमा सङ्घीय संसद् सदस्य नरहेकालाई पुनः नियुक्त गर्नु संविधान विपरीत हुनेसमेत भनिएको छ ।