१३ बैशाख २०८१, बिहीबार

गैँडाकोटमा निषेधाज्ञा थप कडा, घरबाहिर हिंड्न रोक

gaidakot

गैँडाकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा पूर्णरुपमा बन्द गरिएको छ । भोली (जेठ ३ गते) राती १२ बजेदेखी १० गते राती १२ बजेसम्म एक हप्ता अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो । जिल्लामा निषेधाज्ञा जारी रहेको अवस्थामा गैँडाकोटमा थप कडाई गर्न लागिएको गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले औषधी उपचार, दुध तथा पानी खरिद बिक्रि गर्न बाहेक अन्य कामका लागि कोहीपनि घरबाहिर निस्कन र हिँडडुल नगर्न नगर स्तरिय विपद् व्यवस्थापन समितिले भनेको छ ।

त्यस्तै गैँडाकोट नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु मध्ये स्वास्थ्यसँग सम्बन्धित सेवा र फोहरमैला व्यवस्थापन बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिका क्षेत्रभित्र सञ्चालित बैंक तथा सहकारी समेतका वित्तीय संस्था न्युनतम कर्मचारीको उपस्थितिमा हप्ताको दुई दिन सोमबार र विहिबार १० बजेदेखी १२ बजेसम्म २ घण्टा मात्र खुल्ला रहने गरि व्यवस्था मिलाउन भनिएको छ ।

    सम्बन्धित समाचार...