७ बैशाख २०८१, शुक्रबार

निषेधाज्ञामा पनि महाकाली पुलको काम धमाधम हुदैँ

kanc2021 05 16 03 53 19

कञ्चनपुरको महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलको निर्माण कार्य निषेधाज्ञामा पनि भइरहेको छ । झण्डै ४ अर्ब लागत रहेको महाकाली पुलको काम निरन्तर चलिरहेको आयोजना कार्यालयले जनाएको छ ।

महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर वीरेन्द्र चन्दले कोरोना भाइरसको महामारीमा पनि सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्दै निर्माणका काम भइरहेको जानकारी दिए ।

अहिले कञ्चनपुरसहित सबैतिर निषेधाज्ञा लागू भएका कारण निर्माण सामग्री आपूर्तिमा समस्या भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमकै आर्थिक समृद्धिको ढोका खोल्ने बहुप्रतिक्षित आयोजनाका रुपमा हेरिएको महाकाली पुलको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी कुमार श्रेष्ठ निर्माण सेवाले २०७४ सालको भदौमा ३ अर्ब ९२ करोडमा ठेक्का पाएको पुलको ७० प्रतिशत काम सकिएको आयोजना कार्यालयका इन्जिनियर चन्दले बताए ।केही दिनभित्र सो काम सकेर बाँकी रहेका स्ल्याबको निर्माण थालिने बताइएको छ ।