१२ बैशाख २०८१, बुधबार

चितवन मेडिकल कलेजमा आज एकैदिन कोरोनाले ६ जनाको मृत्यु, झण्डै २०० गम्भीर बिरामीको उपचार हुँदै

chitwan medical

चितवन मेडिकल कलेजमा गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कलेजले आज उपलब्ध गराएको तथ्यांकअनुसार आज मृत्यु हुनेहरुमा ५ पुरुष र १ महिला रहेका छन् । त्यसैगरी कलेजको आईसीयूर भेन्टिलेटरमा गरेर कोरोनाका झण्डै २०० जना गम्भीर बिरामी रहेका छन् । मेडिकल कलेजको आईसीयूमा १४३ र भेन्टिलेटरमा ३७ जना बिरामी उपचाररत छन् ।

गत २४ घण्टामा अस्पतालमा १ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । योसँगै कलेजमा आजसम्म् कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ३५२ पुगेको छ । यसैगरी अस्पतालमा विगत २४ घण्टामा १८ जना बिरामी डिस्चार्ज भएका छन् ।