८ बैशाख २०८१, शनिबार

सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने : जसपा उपेन्द्र –बाबुराम पक्षको निष्कर्ष

baburam bhattari 750x375 1

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय बबरमहलमा बसेको सो पक्षको बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको चयन गरेको बिषयमा औपचारिक जानकारी नभएको भन्दै सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको हो । बैठकपछि जसपा संघीय परिषद् अध्यक्ष डा भट्टराईले संसदीय दलको बिधानको प्रक्रिया पुरा नभएको र पारित पनि नभएको अवस्थामा दलको नेता चयन गर्न नमिल्ने बताउनुभयो । नेता चयनका बारेमा दुवै पक्षले सहमति गर्नुपर्ने अहिलेको व्यवस्था रहेको उहाले जानकारी दिनुभयो । यस बिषयमा छिटै कार्यकारिणी बैठक बसेर छलफल गरिने भट्टराईले बताउनुभयो ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । संसदीय दलको नेता चयनमा २० जना सांसदको सहमति रहेको ठाकुर–महतो पक्षको दाबी छ ।