१४ बैशाख २०८१, शुक्रबार

नेपालमा शनिबार थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

corona virus graph

नेपालमा शनिबार थप ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको १७ हजार ९७१ पिसिआर परिक्षणका क्रममा ८ हजार ४६ र ५७७ एन्टीजेन परिक्षणका क्रममा १२१ जनामा कोरोना पुष्टि भएको स्वासथ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको छ । त्यस्तै थप १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म नेपालमा चार हजार ८ सय ५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप पाँच हजार चार सय ५५ संक्रमित निको भएका छन् । नेपालमा हालसम्म तीन लाख ३३ हजार १०८ संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा १ लाख ९ हजार सात सय ४० संक्रमित आइशोलेशनमा र ६७५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २७ लाख ५१ हजार ४८१ पिसिआर गरिएको छ ।