१६ चैत्र २०८०, शुक्रबार

धनुषाका वडाध्यक्ष मण्डलको निधन

nidhan 688x375 1

ज्वरो र रुघाखोकी लागेपछि अस्पताल भर्ना भएका धनुषाका एक वडाध्यक्षको निधन भएको छ ।

मिथिला बिहारी नगरपालिका ५ का वडाध्यक्ष अन्दाजी ४५ वर्षीय बिनोद कुमार मण्डलको निधन भएको हो । स्थानीय दिपन ठाकुरका अनुसार उनी विगत ६÷७ दिनदेखि ज्वरो र रुघाखोकीले ग्रसित थिए । कोरोनाको लक्षण हो भन्दै उनी स्वयंम कसैलाई भेटिरहेको थिएन । बिहीबार अचानक अवस्था बिग्रिएपछि जनकपुरस्थित चन्द्रकला अस्पताल भर्ना भए । तर उपचारकै क्रममा बिहीवार मध्यरातमा निधन भयो । कोरोनाको लक्षण देखिएपनि उनी पिसिआर परीक्षण गराएको थिएन । उनको निधन भएपछि स्थानीय डराएका छन् । तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट उनी वडाध्यक्षमा निर्वाचित भएका थिए ।