४ बैशाख २०८१, मंगलवार

विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु

chitwan corona death
फाइल फोटो

दाङको गढवा गाउँपालिका–४ स्थित एक घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मुस्लिम समुदायका ५३ वर्षीय अब्दुल कलामको मृत्यु भएपछि उनको अन्तिम संस्कारमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन नसक्दा थप दुई जनाको मृत्यु भएको पाइएको छ ।

अब्दुलको मृत्युपछि उनका भाइ ४१ वर्षीय मोहमद उमरले धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरेको जानकारी दिँदै दाङ क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले त्यसकै कारण उनको पनि संक्रमण भएर मृत्यु भएको बताए ।

उमरको मृत्यु भएपछि उनका छोरा २८ वर्षीय मोहमद रज्जाकले पनि धार्मिक संस्कारअनुसार बुबाको अन्त्येष्टि गरे । ग्रामीण क्षेत्रमा नियमित जाँच नभए पनि कोरोना संक्रमण पुष्टि भइसकेपछि पनि मृतकको अन्त्येष्टिमा सतर्कता अपनाउन नसक्दा यस्तो दुर्घटना भएको प्रदेशसभा सदस्य थारूले बताए ।

कोरोना संक्रमणको आशंका देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइएको र कोरोना पोजेटिभ देखिएपछि कलामको मृत्यु भएको गढवा–४ का वडाध्यक्ष गुलाम मोहमद जागा मुसलमानले जानकारी दिए ।

प्रदेशसभा सदस्य चौधरीका अनुसार मृत्युपछि कलामको शव वडाध्यक्ष मुसलमानकै पहलमा गाउँमा लगिएको थियो । उनको शव भाइले धार्मिक परम्पराअनुसार उनको गाउँकै कवरस्थानमा अन्त्येष्टि गरेका थिए ।

अन्त्येष्टि गरी फर्केपछि भाइ उमर बिरामी परेको पत्थरगढवाकै क्लिनिकमा सामान्य उपचारपछि लमही आइसोलेनमा लगिएको स्थानीयले बताए । त्यहीबाटै बाबुछोरा दुवै बिरामी पर्दा बचाउन नसकिएको स्थानीयको भनाइ छ ।