१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री पदका लागि कसैको दाबी आएन, सपथ ग्रहण भोलि दिउँसो : राष्ट्रपति कार्यालय

sital niwas
फाइल फोटो

राष्ट्रपति कार्यालायले प्रधानमन्त्री पदका लागि गरिएको आह्वानमा कसैले पनि दाबी नगरेको जानकारी दिएको छ ।बैशख २७ गतेदेखि बिहीबार ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आह्वान गरिएको तर त्यसमा कुनै नि दाबी नपरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिनु भएको छ ।

भट्टराईले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ ।

विपक्षी दलहरूसँग बहुमत नपुग्ने भएपछि कसैले पनि दाबी नगरेका हुन् । सत्तारुढ नेकपा एमालेले पनि राष्ट्रपतिको आह्वानअनुसार प्रधानमन्त्रीमा दाबी नगर्ने निर्णय गरेको थियो ।

सपथ ग्रहण भोलि दिउँसो

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ । आजै राति प्रधानमन्त्रीमा नियुक्त गर्ने र भोलि सपथ ग्रहण गराउने शीतलनिवासको तयारी छ ।

अहिले राष्ट्रपति कार्यालयमा ओलीको नियुक्तिको तयारी भइरहेको छ ।

ss