१२ बैशाख २०८१, बुधबार

ओली नेपाली राजनीतिमा चतुर निस्किए, विकल्प खोज्न सकिएनः भट्टराई

Dr Baburam Bhattarai
फाइल फोटो

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु बिडम्बना भनेका छन् । उनले नेपाली राजनीतिमा ओली चतुर साबित भएको भन्दै उनको विकल्प खोज्नुपर्ने बताएका छ्न् ।

भट्टराईले राष्ट्रपतिले दिएको समयसिमा घर्किनुअघि आफ्नो धारणा सार्वजनिक गर्दै अदालत, मिडिया, संसद र आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नै पर्ने र सबैले आत्मसमिक्षण गर्नुपर्ने बताएका हुन् । उनले ओली सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा चतुर खेलाडीका रुपमा सावित भएको आरोप लगाएका छन् ।