१५ बैशाख २०८१, शनिबार

केपी ओली आजै राति प्रधानमन्त्री नियुक्त हुँदै, भोलि सपथग्रहण

2020 05 25 image 96
फाइल फोटो

नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ । राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस माओवादीले दावी नगरपछि एमालेले पनि दावी नगर्ने भएको हो । महन्थ ठाकुर पक्षसँग तटस्थ रहने बाहेक बहुमतको सरकार दावी गर्ने कुनै कुरा नभएकोले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार बन्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा एमाले स्थायी कमिटी सदस्य बिष्णु रिमालले बताए ।

आजै ९ बजेपछि राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्ने शीतल निवास स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सपथग्रहण शुक्रबार हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।