१५ चैत्र २०८०, बिहीबार

फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुने (हिन्दी ट्रेलर सहित)

vf1mf 8V1KSZ9DGZS Full Image GalleryBackground en US 1589885425363. RI

फिल्म ‘वीर विक्रम २’ अब हिन्दी भाषामा समेत प्रदर्शन हुने भएको छ ।

मिलन चाम्स निर्देशित सुपरहिट फिल्म ‘वीर विक्रम २’ कोरोनाभाइरस महामारी सामान्य भएपछि भारतीय डायस्पोरामा रिलिज गर्ने जानकारी निर्देशक चाम्सले दिए ।

कोरोनाको दोस्रो लहर अगाडि भारतमा प्रदर्शन गर्ने योजना बनाइएपनि भाइरसको भयावह अवस्थाले त्यसलाई रोक्नुपरेको चाम्सले बताए ।

निर्देशक चाम्सले फिल्मको हिन्दी संस्करणको दृश्यांश सामाजिक संजालमा सेयर गरेका छन् जसलाई हिन्दी भाषामा स्वरांकन गरिएको छ । भाइरस महामारी कायमै रहे यसलाई युट्युवमा रिलिज गर्ने योजनामा निर्देशक चाम्स छन् ।

दोस्रो चरणको लकडाउनअघि चाम्सको निर्माण एवं निर्देशन रहेको फिल्म ‘गोर्खा वारियर’को छायांकन सुरु भएको थियो । अवस्था सामान्य भए छायांकनलाई पनि अगाडि बढाउने उनको योजना छ ।

https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fmilan.chams%2Fvideos%2F10221748921094217%2F&show_text=true&width=560