१५ चैत्र २०८०, बिहीबार

सलमान खानको फिल्म ‘राधे’ सेन्सर विना नेपालमा रिलिज, मन्त्रालयले दियो चेतावनी

radhe poster salman khan 1200

आजदेखी रिलिज भएको बलिउड फिल्म ‘राधे’ सेन्सर गरेर मात्र रिलिज गर्न सूचना, संचार तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको छ ।

बलिउड नायक सलमान खान अभिनित फिल्म ‘राधे’ सेन्सर भएको छैन । नेपालमा सेन्सर नै नगरी फिल्म रिलिज भएपछि सूचना, संचार तथा प्रविधि मन्त्रालयले सेन्सर गरेर मात्र रिलिज गर्न चेतावनी दिएको हो ।

तर, अहिलेसम्म यो फिल्मको सेन्सर भने भएको छैन । सेन्सर बोर्डका सदस्य सन्तोष कुमार थापाले सेन्सरका लागि अहिलेसम्म यो फिल्मका वितरक नआएको बताए । उनले भने–‘हिजोदेखि नै उहाँहरुले आउँछौ आउँछौ मात्र भन्नुभयो, तर आउनुभएको छैन । अहिलेसम्म पनि फिल्मको सेन्सरका लागि कुनै प्रक्रिया अगाडि बढाइएको छैन ।’

फिल्मको सेन्सर नभएको खण्डमा कानुनी प्रक्रियामा जाने तयारीमा मन्त्रालय छ ।’

यो फिल्मलाई नेपालमा गोपिकृष्ण मुभिज अन्र्तगतको ए एठ् कम्पनीले नेपाल भित्राएको हो । यो फिल्मर विभिन्न ओटीटी प्लेटफर्म र डिस होम, नेट टीभी लगायतमा रिलिज भैसकेको छ । फिल्मलाई दर्शकले २९९ रुपैयाँदेखि ३२५ रुपैयाँसम्म तिरेर हेर्न सक्नेछन् ।

185579112 3989337407769252 2179116249170982444 n