६ बैशाख २०८१, बिहीबार

जनतालाई आपत विपतका बेला नेता कुर्सी मोहमा फसेको जितुको आरोप

Jeetu Nepal

हास्यकलाकार जितु नेपालले नेताहरु जनता भन्दा पनि कुर्सी र भागभण्डामा नै व्यस्त रहेको आरोप लगाएका छन् । उनले अहिले जनालाई अस्पतालमा बेड , अक्सिजन चाहिएको बेला सरकार र नेता कुर्सीका लागि आन्तरिक झगडामा नै व्यस्त रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै जनताप्रती नेता र सरकार उत्तर दायित्व नभएको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्,‘जनतालाई अस्पतालमा बेड चाहिएको छ, अक्सिजन चाहीएको छ,उपचार चाहिएको छ,राहत चाहीएको छ,हौसला चाहिएको छ। सरकारलाई तारिफ चाहिएको छ,वावा चाहिएको छ, गुनगान चाहिएको छ,चाकडी चाहिएको छ।नेताहरुलाई सहमती चाहिएको छ,कुर्सी चाहीएको छ,भागबन्डा चाहीएको छ। यस्तो बिपतको बेलामा आन्तरीक झगडा,कलह,लुछाचुडी,तानातान,तछाड र मछाड छ ।’

उनले अहिले नेताहरु सहमती भन्दे साइरनवाला गाडी अगाडी पछाडी लिएर हिडेको देख्या भोली जनताले भोट देलान भन्दै प्रश्न गरेका छन् ।

‘सहमती भन्या छ करौडौका सरकारी गाडीमा अगाडी पछाडी सुरक्षाको लर्को लिएर हिड्या छ । घरघरमा पुग्या छ, बिलौना गर्या छ, अनुरोध गर्या छ,भाग लगाएर खाउ भन्या छ,अब मेरो पालो भन्या छ । सबैलाई मेरो एउटा प्रस्न,देशमा यति बिपत परेको बेलामा यस्ता बेहोरा देखाउदा भोली जनताले जिताउलान भन्नी छ .?’ भन्दै उनले नेतालाई प्रश्न गरेका छन् ।

jitu

    सम्बन्धित समाचार...